Headline

ललितपुर मेयर महिला च्याम्पियनशिप चैत्र २१ गतेबाट

Published

on

ललितपुर मेयर महिला च्याम्पियनशिप चैत्र २१ गतेबाट सुरु हुने भएको छ । आज ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा प्रतियोगिता चैत्र २८ तारिक सम्म आयोजना हुने जानकारी दिइएको हो ।

पाँच टोली सम्मिलित प्रतियोगिता ट्वान्टी ट्वान्टी ढाँचामा खेलाइने छ । प्रतियोगितामा दाङमा आयोजना भएको महिला प्रधानमन्त्री कपको सेमीफाइलिस्ट टोलीहरु प्रदेश १, एपीएफ, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशसँगै अन्य प्रदेश टिमका उत्कृस्ट खेलाडीहरुबाट बनेको संयुक्त टोली ललितपुर ११ को सहभागिता रहने छ ।

आठ दिन सम्म संचालन हुने प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदानमा खेलाइने छ । एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली सिधै फाइनल प्रवेश गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख पचास हजार जित्ने छ । प्रतियोगिताको प्लेयर अफ द सिरिजले २५ हजार तथा बेस्ट बलर र बेस्ट ब्याटरको हातमा समान १५-१५ हजार हात लाग्ने छ भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् ।

Click to comment

Trending