अन्तर्राष्ट्रिय

आर्चरले भारत विरुद्धको एकदिवसीय शृंखलाका साथै आईपीएल पनि गुमाउने

Published

on

इंग्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले इन्डियन प्रिमियर लिग (आईपीएल) को आधा सिजन गुमाउने भएका छन् । राजस्थान रोयल्सका आर्चरले कुहिनोको चोटका कारण आईपीएलका सुरुवाती खेलहरु खेल्न नसक्ने भएका हुन् ।

भारत विरुद्धको दोश्रो तथा चौथों टेस्टमा चोटका कारण खेल्न नसकेका आर्चरले पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखलामा भने खेलेका थिए । आर्चर अब भारत विरुद्धको २३ तारिखबाट सुरु हुने तीन खेलको शृंखलामा पनि सहभागी हुने छैनन् । उनी आफ्नो चोटको उपचारका लागि इंग्ल्यान्ड फर्कने भएका छन् ।

भारत भ्रमणका क्रममा चोटबाट मुक्ति पाउनका लागि नदुख्ने सुई लगाएका आर्चरले फेरी अर्को एउटा सुई लगाउन पर्ने हुन्छ । इङ्ग्लिस क्रिकेट बोर्डका मेडिकल कर्मचारीको सल्लाह अनुसार उनले अप्रिलको दोश्रो साता पछि मात्र सुई लगाउने छन् । त्यस पछि मात्र उनी कहिले खेलमा फर्कन सक्ने छन् भन्ने बारेमा थाहा हुनेछ ।

आईपीएल अप्रिल नौंबाट सुरु हुने भएका कारण आर्चरले कति खेल गुमाउने छन् भन्ने अहिले नै भन्न मिल्ने अवस्था छैन । उनको टोली राजस्थानले पनि आर्चरले के कती खेल गुमाउने छन् भन्ने बारेमा केहि खुलासा गरेको छैन ।

आर्चरको चोटका बारेमा कुरा गर्दै इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले मेडिकल स्टाफको निर्णय पछि मात्र उनी कहिले मैदानमा फर्कने छन् भन्ने थाहा हुने बताए । अहिलेको लागि मात्र नभएर यसै बर्ष भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकपलाई मध्यनजर गर्दै मेडिकल टोलीले आर्चर कहिले सम्ममा मैदानमा उत्रन सक्ने बारेमा निर्णय लिनेछन् । मोर्गनले आर्चरको चोटको अवस्था निकै नाजुक रहेको पनि बताए ।

सन् २०१८ को अक्सनमा सात करोड २० लाख भारतीय रुपैयाँमा राजस्थानमा आबद्ध भएका आर्चर सन् २०२० को सिजनमा मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए । उनको अनुपस्थितीले राजस्थानको बलिङमा भने धक्का पुग्ने निश्चित छ । आईपीएलमा ३५ खेल खेलेका आर्चरले ४६ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

Click to comment

Trending