Headline

गोलकिपर बोनोको सेभियाका लागि अन्तिम समयको सनसनीपूर्ण गोल

Published

on

स्पेनिस ला लिगामा हारबाट केही सेकेण्डमात्र टाढा रहेको सेभियालाई गोलकिपरले गोल गर्दै बचाएका छन् ।

रियल भालाडोलिडबिरुद्ध शनिबार भएको खेलमा गोलकिपर बोनोले सेभियाको लागि ९४ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए । खेल अन्तिम समयमा १–१ को बराबरीमा टुँगिएपछि सेभिया तेश्रो स्थानको बार्सिलोनासँगको दुरी दुई अंकमा छोट्याउन असफल भएको छ ।

सेभियाको २८ खेलबाट ५५ अंक रहेको छ भने रियल सोसिडाडसँग खेल्न गइरहेको बार्सिलोनाको ५९ अंक छ । एक खेल हातमै रहेको बार्सिलोनाले आइतबार जित हात पारे दोश्रो स्थानको रियल म्याड्रिडसँग दुई अंकको अग्रता लिनेछ ।

शिर्ष स्थानको एट्लेटिको म्याड्रिडको २७ खेलबाटै ६३ अंक छ । सोसिडाड ४५ अंकसहित पाचौं स्थानमा रहेको छ ।

शनिबारको खेलमा भालाडोलिडले फाबियन ओरेलानाको पेनाल्टीमार्फत मध्यान्तरको केही मिनेट अगाडी अग्रता पाएको थियो । सेभियाको त्यसपछि गोल गर्ने प्रयासहरु खेल जादा उ हारको नजिक पुगिसकेको थियो ।

तर ९४ औं मिनेटमा पाएको कर्नरमा गोलकिपर बोनोले पेनाल्टी एरियामा भएको घम्सा घम्सीको फाइदा उठाउदै गोल गरेका थिए । बोनोको गोलसँगै सेभियाको टिम र कोचिङ्ग स्टाफले केही बेरसम्म खुशीयाली मनाएका थिए ।

ला लिगामा बानो सेभियाका लागि गोल गर्ने पहिलो गोलकिपर त भए तर यसै सिजन दोश्रो पटक एक गोलरक्षकले गोल गरेका हुन् । यसअघि आइतबारका मार्को दिमित्रोभिचले एट्लेटिको म्याड्रिडबिरुद्ध जनवरीमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

Click to comment

Trending