Headline

‘सिटी विश्वकै उत्कृष्ट टिम हो’

Published

on

एवर्टनका प्रशिक्षक कर्लो एन्जोलोटीले आफ्नो टोली प्रिमियर लिगको शिर्ष स्थानको टोली म्यानचेस्टर सिटीसँग एफए कपमा पराजित भए पछि सिटी संसारकै उत्कृष्ट टोली भएको बताएका छन् ।

मर्सीसाइड टोलीले सिटीलाई गूड्इसन पार्कमा ८० मिनेट रोके पनि त्यस पछि भने गोल खान पुगेको थियो । इकाए गुन्डोवान र केवेन डि ब्रुनले अन्तिम समयमा गोल गरे पछि सिटी २-० ले बिजयी पनि भएको थियो ।

सिटीले एफए कपको क्वार्टरफाइनलमा एवर्टनलाई हराएसँगै ‘क्वाड्रुपल’ जित्ने सपनालाई पनि जिवितै राखेको छ ।

“हामी जितको धेरै नजिक थियौँ शायद ८० मिनेट त हामीले सिटीलाई रोकेकै हो तर त्यसपछि भने खेल हाम्रो हातबाट निस्किन पुग्यो,” एन्जोलोटीले भने ।

“हामी पराजित भयौँ मलाई यस्मा कुनै पनि पछुतो छैन किन कि सिटी अहिले विश्वकै उत्कृष्ट टिम हो,” उनले थपे ।

“म अझै पनि भन्छु उनीहरूको विश्वमा सबै भन्दा राम्रो बेन्च छ । यो हाम्रोलागि राम्रो अनुभव रह्यो र हामी पराजित भए पनि अहिले कुनै पछुतो छैन,”

“पछुतो भएको खेल भनेको बर्नली र फुलहमको बिरूद्धको खेल हो, तर हामी ठीक स्थानमै छौं । लिगमा हामीसँग १० खेल बाँकी नै छ र हामी अर्को सीजन युरोपमा आफ्नो स्थानका लागि लड्न चाहन्छौं।” उनले भने ।

Click to comment

Trending