अन्तर्राष्ट्रिय

कोहली र रोहितको ब्याटिङ अघि निरिह इङ्ग्लिस बलरहरु

Published

on

कप्तान बिराट कोहली, रोहित शर्मा, सुर्यकुमार यादव र हार्दिक पन्ड्याले आक्रमक पारी खेले पछि घरेलु टोली भारतले इंग्ल्यान्डलाई पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा २२५ रनको विशाल लक्ष्य दिएको छ

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा २२४ रनको योगफल तयार पार्यो ।

भारतको तर्फबाट कप्तान कोहलीले अविजित रहँदै सर्वाधिक ८० रन बनाए । कोहलीको इंग्ल्यान्ड विरुद्धको जारी शृंखलामा तेश्रो अर्धशतक हो । ५२ बलको सामना गरेका उनले सात चौका र दुई छक्का प्रहार गरे ।

भारतको लागि आजको खेलमा ओपनिङमा आएका कप्तान बिराट कोहलीले रोहित शर्मासँग मिलेर पहिलो विकेटका लागि नौं ओभरमा ९४ रन जोड्दै आक्रमक सुरुवात दिए । बेन स्टोक्सको बलमा बोल्ड भएका शर्माले ३४ बल खेल्दै चार चौका र पाँच छक्काको मद्दतमा ६४ रनको पारी खेले ।

रोहितको विकेटको पतन पछि पनि भारत रोकिएन । कप्तान कोहलीले दोश्रो विकेटका लागि सुर्यकुमार यादव (१७ बलमा ३२ रन) सँग २६ बलमा ४९ जोडे । त्यस्तै आजको खेलमा चौथों नम्बरमा ब्याटिङ गर्न आएका हार्दिक पन्ड्यासँग मिलेर कोहलीले तेश्रो विकेटका लागि ४० बलमा अविजित ८१ रन जोडे । अविजित रहेका पन्ड्याले १७ बलमा ३९ रनको योगदान दिए ।

इंग्ल्यान्डका बेन स्टोक्स र आदिल रशिदले समान १-१ विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन रहन पुगे ।

पाँच खेलको शृंखला २-२ को अवस्थामा रहेको छ । आजको खेलमा जित हात पार्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ । इंग्ल्यान्डले पहिलो र तेश्रो खेलमा समान ८-८ विकेटको जित दर्ता गरेको थियो भने भारतले दोश्रो खेल सात विकेटले तथा चौथों खेल आठ रनले जितेको थियो ।

Click to comment

Trending