Headline

कप्तान अफगानले धोनीको किर्तिमान भंग गर्दा अफगानिस्तानको क्लिन स्विप

Published

on

अफगानिस्तानले जिम्बाब्वे विरुद्धको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलामा क्लिन स्विप गरेको छ ।

शेख जायद रंगशाला आबु धाबीमा सम्पन्न तेश्रो तथा अन्तिम खेलमा ४८ रनको फराकिलो जित निकाल्दै अफगानिस्तानले तीनवटै खेलमा जित हात पार्दै शृंखला ह्वाइटवास गरेको हो । अफगानिस्तानले पहिलो खेलमा पनि ४८ रनको जित दर्ता गराएको थियो भने दोश्रो खेलमा जिम्बाब्वेलाई ४५ रनले पराजित गरेको छ ।

आजको जितसँगै अफगानिस्तानका कप्तान अस्गर अफगानले भारतीय टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनीको किर्तिमान पनि भंग गरेका छन् । हिजो सम्पन्न दोश्रो खेलमा जित हात पर्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा कप्तानका रुपमा सर्वाधिक जितको किर्तिमानको बराबरी गरेका उनले आज किर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

५२ खेलमा कप्तानी गर्दा अफगानले ४२ खेलमा जित दर्ता गराएका हुन् भने धोनीले ७२ खेलमा ४१ जित हात पारेका थिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले सात विकेटको नोक्सानीमा १८३ रन बनायो भने १८४ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको जिम्बाब्वेले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १३६ रन मात्र बनाउन सक्यो ।

जिम्बाब्वेको लागि सिकन्दर राजा र रायन बर्लले अविजित रहँदै क्रमसः २९ बलमा ४१ र ३१ बलमा ३९ तथा तारिसै मुसकन्दाले ३० रनको पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

अफगानिस्तानको तर्फबाट नाजिबुल्लाह जद्रानले अविजित रहँदै ३५ बलमा आक्रमक ७२ रन बनाउँदै आफ्नो टोलीलाई ठुलो स्कोर सम्म पुर्याय । उनी बाहेक उस्मान घानीले ३९, कप्तान अस्गर अफगानले १२ बलमा २४ तथा करिम जन्नतले २१ रनको योगदान दिए ।

Click to comment

Trending