अन्तर्राष्ट्रिय

भारत र इंग्ल्यान्ड बीचको निर्णायक ट्वान्टी ट्वान्टी आज

Published

on

घरेलु टोली भारत र इंग्ल्यान्ड बीचको निर्णायक ट्वान्टी ट्वान्टी खेल आज हुँदैछ । नरेन्द्र मोदी क्रिकेट रंगशाला, अह्मदाबादमा हुने खेल नेपाली समय अनुसार ७:१५ बजे सुरु हुनेछ ।

पाँच खेलको शृंखला २-२ को अवस्थामा रहेको छ । आजको खेलमा जित हात पार्ने टोलीले शृंखला माथि कब्जा जमाउने छ ।

पाहुना टोली इंग्ल्यान्ड टेस्ट शृंखलामा भोगेको हारको बदला लिन चाहन्छ भने भारत शृंखला जितको सिलसिला कायमै राख्न चाहन्छ ।

इंग्ल्यान्डले पहिलो र तेश्रो खेलमा समान ८-८ विकेटको जित दर्ता गरेको थियो भने भारतले दोश्रो खेल सात विकेटले तथा चौथों खेल आठ रनले जितेको थियो ।

Click to comment

Trending