Headline

अफगानिस्तान कप्तान धोनीको किर्तिमानलाई उछिन्न मात्र एक जित टाढा

Published

on

जिम्बाब्वेलाई शुक्रबार दोश्रो खेलमा हराएसँगै अफगानिस्तान कप्तान अस्गर अफगानले भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक जितको किर्तिमानको बराबरी गरेका छन् ।

धोनीको कप्तानीमा भारतले ४१ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा जित हात पारेको थियो । धोनीलाई ४१ जितका लागि ७२ खेल लाग्दा अफगानले भने ५१ खेलमै यो उपलब्धि हात पारेका हुन् ।

यस्तै अफगानिस्तानको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा अस्गरको कप्तानीमा बिजय औषत ८१ दशमलव ३७ प्रतिशत रहेको छ । ३३ वर्षिय अस्गरले अफगानिस्तानका लागि किर्तिमानी ४६ खेलमा कप्तानी समेत गरिसकेका छन् ।

यो कुनैपनि कप्तानले एक टोलीका लागि नेतृत्व गरेको सबैभन्दा बढी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय हो । अबु धाबीको शेख जायद स्टेडियममा शुक्रबार जिम्बावे माथि एकपक्षीय जितका साथ अफगानको टोली श्रंखला क्लिन स्विप गर्ने दाउमा रहेको छ ।

“यो मेरो लागि निकै गर्वको कुरा हो कि मैले मेरो टोलीसँग यहाँ सम्म खेलेको छु र अझै पनि धेरै खेलहरु जिताउन चाहन्छु,“ अस्गरले तेस्रो ट्वान्टी ट्वान्टी अघि भने ।

Click to comment

Trending