Headline

थ्री नेशन्स कपका लागि नेपालको तयारीको बारेमा के भन्छन् प्रशिक्षक बालगोपाल (भिडियो अन्तर्वार्ता)

Published

on

नेपालले घरेलु मैदानमा बंगलादेश र किर्गिस्तान यु२३ संम्मिलित थ्री नेशन्स कप खेल्दै छ ।

आगामी मंगलबारबाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो हुनेमा आशावादी छन् नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन । महर्जन यस प्रतियोगितालाई विशेष गरि विश्वकप र एसिया कप छनोटको रुपमा हेरेको बताउँछन् । ‘घरेलु मैदानमा हुने प्रतियोगिता भएकाले गर्दा राम्रो प्रदर्शन गर्ने आशामा रहेका छौं । तर हामी यस प्रतियोगितालाई एसिया कप र विश्वकपछनोटको लागि तयारीका रुपमा हेरेका छौं ।’

नेपालले महर्जन कै प्रशिक्षणमा गत बर्ष नेपालमा नै आयोजना भएको दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलको स्वर्ण पदक पनि जितेको थियो ।

२३ तारिकबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् भने नेपालले आफ्नो पहिलो लिग खेलमा मार्च २५ तारिकमा किर्गिस्तानसँग भिड्ने छ । समुह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मा बंगलादेशको सामना गर्नेछ । समुह चरणमा शिर्ष दुई स्थान हात पार्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस् प्रशिक्षक बालगोपाल महर्जनको पुरा भिडियो अन्तर्वार्ता 

Click to comment

Trending