Headline

सान्चोले सिटी छोड्दा ग्वार्डियोलालाई छैन पछुतो

Published

on

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोलालाई जेडेन सान्चोले २०१७ मा सिटी छोड्दै बोरुसिया डर्ट्मण्ड गएकोमा आफुलाई कुनै पछुतो नभएको बताए ।

सान्चोले २०१५ मा सिटीमा आफ्नो पहिलो व्यवसायिक सम्झौता गरे लगतै उनलाई भविष्यको उत्कृष्ट खेलाडीको रुपमा हेरिएको थियो । तर धेरै समयमा पनि सिटीको पहिलो टोलीमा नपरे पछि सान्चो ८ मिलियन युरोमा बोरुसिया डर्ट्मण्ड गएका थिए । त्यसपछि भने उनी बुन्डेसलिगामा लगतार चम्किरहेका छन् ।

तर उनले जतीनै राम्रो प्रदर्शन गरे पनि उनले सिटी छोडेकामा आफुलाई कुनै पछुतो नभएको ग्वार्डियोलाले बताएका छन् । “मैले धेरै पटक भनिसके मलाई कुनै पछुतो छैन । उनले जुन निर्णय लिए त्यसले उनलाई राम्रो गरिरहेको छ,” शुक्रबार भएको च्याम्पियन्स लिग क्वार्टर-फाइनल ड्र मा सिटीले डर्ट्मण्ड प्रतिद्वन्दी पाए पछि ग्वार्डियोलाले भने ।

“हामीसँग खेल्दा बाहेक अरु दिनहरुमा उनलाई धेरै राम्रो गर्नुस् भन्न चाहन्छु,” ग्वार्डियोलाले ठट्टा गर्दै भने ।

सान्चो अर्को हप्ता २१ वर्षका हुँदै छन तर डर्ट्मण्डका लागि लगतार तीन सिजन १० गोल भन्दा बढी गरिसकेका उनलाई फेरी पनि प्रिमियर लिगका क्लबहरुले ठुलो पैसामा सम्झौता गर्ने बताउँदै आएका छन् ।

Click to comment

Trending