Headline

बलर सामु निरिह बंगलादेश, १७२ बल अगावै न्युजिल्याण्डको जित

Published

on

ट्रेन्ट बोल्टले घातक बलिङ गरे पछि घरेलु टोली न्युजिल्याण्डले बंगलादेश विरुद्धको पहिलो एकदिवसीय खेलमा आठ विकेटको सहज जित हात पारेको छ । यस जितसँगै न्युजिल्याण्डले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २१ दशमलब दुई ओभर खेल्दै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

बंगलादेशलाई सानो योगफलमा रोक्ने क्रममा टेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए भने जेम्स नीशम र मिचेल स्यान्टनरले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

बंगलादेशको तर्फबाट महमदउल्लाहले सर्वाधिक २७ तथा विकेट किपर मुश्फिकर रहिमले २३ रन जोडे । त्यस बाहेक ओपनरद्वय कप्तान तामिम इकबाल १३ र लिटन दास १९, सौम्य सरकार शुन्य, मोहम्मद मिथुन नौं रनमा पेभेलियन फर्किंदा बंगलादेश सानो योगफलमा समेटिन पुग्यो ।

न्युजिल्याण्डको जितमा ब्याटिङ तर्फ ओपनर हेनरी निकोल्सले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए भने मार्टिन गुप्टिलले ३८ तथा डेवन कन्वेले पनि २७ र विल योङले अविजित ११ रनको पारी खेले ।

Click to comment

Trending