Headline

च्याम्पियन्स लिगमा पिएसजी र लिभरपुललाई कडा प्रतिद्वन्दी

Published

on

डिफेन्डिङ्ग च्याम्यिन बायर्न म्युनिख गत बर्षको उपबिजेता पेरिस सेन्ट जर्माइन यो सिजन च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमै भिड्ने भएका छन् ।

लिस्बनमा भएको गत सिजनको फाइनलमा बायर्न फ्रेञ्च च्याम्पियन पिएसजीलाई १–० ले हराउदै छैटों पटक युरोपकै महारथी बनेको थियो । शुक्रबारको ड्र अनुसार दुवै टोली यसपटक भने चाडै भिड्ने भएका हुन् । गत सिजनको च्याम्पियन्स लिगको शुरुवात देखि हालसम्म भएका १९ च्याम्पियन्स लिग खेलहरुमा बायर्नले एकमा बराबरी गर्दै बाकी सबै खेल जितेको छ ।

पहिलो लेग जर्मनीमा अप्रिल ६ अथवा ७ मा हुनेछ भने पेरिसमा एक हप्तापछि दोश्रो लेग हुनेछ । “यो हाम्रो लागि निकै गाह्रो खेल हो तर सकारात्मक कुरा के हो भने हामी युरोपकै उत्कृष्ट टिमबिरुद्ध खेल्न गइरहेका छौं,” जनवरीमा आफ्नो नियुक्तिपछि बार्सिलोनाबिरुद्ध ५–२ को समग्र जित निकालेका पिएसजी प्रशिक्षक माउरिसियो पोचेटिनोले भने ।

अर्को कठिन खेलमा निकै खराब सिजनबाट गुज्रिरहेको लिभरपुलले भने स्पेनिस टोली रियल म्याड्रिडलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । दुवै टोली गत सिजन प्रतियोगिताको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।

२०१८ मा भएको फाइनलमा रियलले लिभरपुललाई ३–१ ले पराजित गर्दै किर्तिमानी १३ औं च्याम्पियन्स लिग उपाधि जितेको थियो । तर एक बर्षपछि नै त्यो हारमा मलम लगाउदै लिभरपुलले छैटौं पटक उपाधि चुमेको थियो ।
गत बर्ष रियल म्याड्रिडलाई नकआउट गरेको म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्नेछ भने अर्को प्रिमियर लिग टोली चेल्सी पोर्चुगिज च्याम्पियन एफसी पोर्टोबिरुद्ध भिड्नेछ ।

Click to comment

Trending