Headline

अफगानिस्तानद्वारा एक खेल अगावै ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा 

Published

on

अफगानिस्तानले एक खेल अगावै जिम्बाब्वे विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ । आज सम्पन्न दोश्रो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गर्दै अफगानिस्तानले तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलामा २-० को अग्रता लिन सफल भएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९३ रनको विशाल योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले १७ दशमलब एक ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानको लागि करिम जन्नतले ३८ बलमा सर्वाधिक ५३ रन बनाए भने ओपनर उस्मान घानीले ३४ बलमा ४९ रन तथा मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै १५ बलमा दुई चौका र चार छक्काको मद्धतमा ४० रनको पारी खेले ।

जिम्बाब्वेका रायन बर्लले सर्वाधिक ४० रनको पारी खेले भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् ।

अफगानिस्तानको जितमा बलिङ तर्फ महँगो साबित भए पनि रशिद खानले सर्वाधिक तीन विकेट हात पार्दा नाविन-उल-हक र खेलको म्यान अफ द म्याच घोषित मोहम्मद नाबीले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending