Headline

रोहित एकदिवसीय टोलीमा फर्किंदा सुर्यकुमार यादव र कृष्णा पहिलो पटक राष्ट्रिय टोलीमा 

Published

on

भारतले इंग्ल्यान्ड विरुद्धको तीन एकदिवसीय खेलका लागि आफ्नो टोलीको नाम सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरेको १८ सदस्यिय टोलीमा रोहित शर्माले उपकप्तानको जिम्मेवारी सहित टोलीमा स्थान बनाउन सफल भएका छन् । अष्ट्रेलिया भ्रमणका क्रममा अन्तिम दुई टेस्ट मात्र खेलेका रोहित एकदिवसीय टोलीमा रहेका थिएनन् ।

त्यस्तै भारतले सुर्यकुमार यादवलाई पनि आफ्नो एकदिवसीय टोलीमा स्थान दिएको छ । इंग्ल्यान्ड विरुद्धको चौथों ट्वान्टी ट्वान्टी खेलमा अर्धशतक प्रहार गर्दै भारतलाई शृंखला बराबरी गराउन मद्धत गरेका उनलाई पनि टोलीमा समावेस गरेको हो ।

भारतले आफ्नो टोलीमा २५ वर्षीय नयाँ अनुहार प्रसिध कृष्णालाई पनि समावेस गरेको छ । कर्नाटका तथा आईपीएल टोली कोलकाता नाइट राईडर्सका तिब्र गतिका बलर कृष्णाले लिस्ट ए मा ४८ खेलमा ८१ विकेट तथा आईपीएलमा २४ खेलमा २८ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

त्यस बाहेक रिशब पन्त, कुर्नाल पन्ड्या, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार र मोहम्मद सिराजले एकदिवसीय टोलीमा स्थान बनाउँदा मायंक अगरवाल, जस्प्रित बुम्रा, मोहम्मद शामी, मनिष पाण्डे, नवदीप सैनी र सन्जु सामसनले टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।

भारतीय टोली : बिराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, शुबमन गिल, रिशब पन्त, कुर्नाल पन्ड्या, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, मोहम्मद सिराज, श्रेयस ऐयर, सुर्यकुमार यादव, हार्दिक पन्ड्या, केएल राहुल, युज्बेन्द्र चाहल, कुलदिप यादव, टि नटराजन, प्रशिध कृष्णा

Click to comment

Trending