Headline

अहिले केही बेरमा शुरु हुदै नेपाल सुपर लिगको अक्सन

Published

on

नेपालको पहिलो फ्राञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको अक्सन आज हुदैछ । अक्सन ११ बजेदेखि होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । पाँच घण्टा लामो अक्सनमा १ सय ५१ फुटबलरहरुको मोल मोलाई हुनेछ ।

प्रतियोगितामा सहभागि सात वटै फ्रान्चाइज टोलीहरुले आ–आफ्नो मार्की खेलाडीको घोषणा गरिसकेका छन् । चितवन एफसीले भरत खवास, ललितपुरले अन्जन बिष्ट, धनगढीले बिशाल राई, पोखराले नवयुग श्रेष्ठ, काठमाडौंले बिकेश कुथु, बिराटनगरले रन्जित धिमाल र बुटवलले बिशाल श्रेष्ठलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेका छन् ।

मार्की खेलाडीलाई फ्राञ्चाइजसँगको नेगोसिएसन अनुरुप पैसा दिइएको छ भने रकम सार्वजनिक गरिएको छैन । अक्सनमा सहभागी खेलाडीहरुलाई तीन क्याटेगोरीमा बर्गिकरण गरिएको छ ।

२८ जना खेलाडी राखिएको ए क्याटेगोरीका खेलाडीहरुको बोली १ लाख रुपैया देखि शुरु हुनेछ । त्यस्तै बी र सी क्याटेगोरीमा रहेका खेलाडीहरुको बोली क्रमशः ५० हजार र २० हजारदेखि शुरु हुनेछ ।
शुक्रबारको अक्सनमा प्रत्येक फ्रान्चाइजले १६ लाख ९५ हजार रुपैयासम्म खर्च गर्न सक्नेछन् ।

हाल बिदेशी लिग खेलिरहेका चार नेपाली खेलाडी राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ्ग, रोहित चन्द, अभिषेक रिजल र प्रकाश बुढाथोकीलाई भने आइकोनिक प्लेयरको रुपमा राखिएको छ । उनीहरुलाई बिदेशी खेलाडीको कोटाबाट खेलाइनु पर्नेछ ।

चारै खेलाडीलाई सबैभन्दा बढी पैसा खर्च गर्ने फ्रान्चाइजले लिएर जान सक्नेछ । उनीहरुको लागि लगाइने पैसा सिमित गरिएको छैन ।

Click to comment

Trending