Headline

स्पर्सको लज्जास्पद प्रदर्शनपछि माउरिन्हो क्रुद्ध

Published

on

पहिलो लेगमा पाएको २–० को अग्रतालाई जोगाउन नसक्दा होजे माउरिन्होको टोली टोटेन्ह्याम हटस्पर लज्जास्पद रुपमा युरोपा लिगबाट बाहिरिएको छ ।

स्पर्स बिहिबार भएको दोश्रो लेगमा क्रोएसियन क्लब डिनामो जाग्रेबसँग ३–० ले पराजित भयो । मिस्लाभ ओर्लिचले ह्याट्रिक पुरा गरेपछि स्पर्सले नमिठो हार व्यहोर्न पुग्यो । ओर्लिचले दोश्रो हाफमा दुई गोल गर्दा खेल २–२ को बराबरी रोकियो ।

थप गरिएको ३० मिनेटको अतिरिक्त समयको दोश्रो हाफमा उनले ह्याट्रिक पुरा गरेपछि जाग्रेबको भाग्य चम्कियो । उनको गोलपछि जाग्रेब गोलकिपर डोमिनिक लिभाकोभिचले दुई उत्कृष्ट बचाउन गर्दा स्पर्सको नतिजा उल्टाउने आशामाथि तुषारापात भएको थियो ।

अनपेक्षित हारले स्तब्ध माउरिन्हो आफ्नो टोलीबिरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए । “उनीहरुले (जाग्रेब) खेलमा पुरै रगत, पसिना र उर्जा बनाए । अन्त्यम खुशीको आँशु पनि बगाए । उनीहरु खेलप्रति प्रतिबद्ध थिए । मैले उनीहरुको सराहना गर्नै पर्छ,” माउरिन्होले भने ।

“अर्को तर्फ मेरो टोलीले यो महत्वपूर्ण खेल हो जसरी खेल्दै खेलेन । यदि उनीहरुको लागि यो महत्वपूर्ण थिएन भने मेरो लागि चाही थियो । जुन उदासीनतका साथ मेरो टोलीले खेल्यो त्यसलाई लिएर म स्तब्ध छु । उनीहरुले फुटबलको बेसिक मात्र होइन जीवनकै बेसिक पनि यो खेलमा ल्याएनन् । हाम्रो कर्तब्य आफ्नो कामलाई सम्मान गर्दै सबै थोक दिनु हो,” उनले भने ।

Click to comment

Trending