Headline

पोग्बाको निर्णायक गोलपछि युनाइटेड युरोपको क्वार्टर–फाइनलमा

Published

on

पउल पोग्बाले चोटबाट फर्कदै एक मात्र बिजयी गोल गरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

फेब्रुवरी ६ यता तिघ्राको चोटका कारण यो सिजन युरोपाको पहिलो खेल खेलेका पोग्बाले निर्णायक गोल गरेपछि युनाइटेडले अन्तिम १६ को दोश्रो लेगमा एसि मिलानलाई १–० ले पराजित गर्यो । पहिलो लेग १–१ को बराबरीमा टुँगिएको थियो ।

सान सिरोमा भएको अवे लेगमा दोश्रो हाफमा सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटमा नै पोग्बाले गोल गरेका थिए । युनाइटेड व्यवस्थापक सोल्सायरले पोग्बा सिजनको अन्त्यमा प्रभावकारी हुने आशा पनि व्यक्त गरेका छन् ।

पउल नभएपनि केटाहरुले राम्रै गरेका छन् तर हामीलाई उनको स्तरको बारे राम्रो ज्ञान छ । उनले टिममा धेरै ठूलो फरक ल्याउने गर्छन् । उनी पुरै ४५ मिनेट पनि खेल्न सकिरहेका छैनन् तर निकै कडा मिहिनेत भने गरिरहेका छन्, सोल्सायरले भने ।

सोल्सायरले पोग्बालाई धन्यबाद दिदै गर्दा युनाइटेड गोलकिपर हेन्डरसनले पनि जितमा महत्वपूर्ण भुमिका खेलेका थिए । उनले मिलानको लागि ज्लाटन इब्राहिमोभिचको हेडरसँगै अन्य थुपै्र बचाउ गरेपछि इटालियन टोली गोल गर्न चुकेको थियो ।

युनाइटेडका लागि १८ खेलमा ११ क्लिन सिट राखेका हेन्डरसन लामो समयदेखि पहिलो रोजाइको गोलकिपरको रुपमा रहदै आएका स्पेनिस डेभिड डि जियाको लागि खतरा पनि बनेका छन् ।

२०१९–२० को सेमिफाइनलमा सेभियासँग पराजित म्यानचेस्टर युनाइटेडले युरोपा लिगको आफ्नो पछिल्लो २० नकआउट खेलमा मात्र एकमा हार व्यहोरेको छ । मिलानले भने कुनै पनि इङ्गलिस टोलीबिरुद्ध घरेलु मैदानमा ६ खेलमा पाँचमा हारको सामना गरेको हो ।

Click to comment

Trending