Headline

धनगढीको प्रशिक्षकमा नाइजेरियन फुजा

Published

on

नेपाल सुपर लिगको क्लब धनगढी एफसीले प्रशिक्षकमा नाइजेरियन फुजा तोपेलाई भित्र्याएको छ । फुजा नेपाली फुटबलमा चिर्परिचित नाम हुन् ।

फुजाले नेपालमा रहदा ए डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दी सम्हाल्दै आइरहेका छन् । मनाङले २०७५ सालको लिग जित्दा फुजा प्रशिक्षक रहेका थिए ।

यस्तै फुजाले मनाङलाई आहा रारा र बुढासुब्बा गोल्डकप जस्ता धेरै घरेलु फुटबलको उपाधि समेत दिलाइसकेका छन् । नेपाल सुपर लिग अप्रिल २१ देखि दशरथ रङ्गशालामा सिङल राउण्ड रोविनको आधारमा हुँदै छ ।

फुजाले मनाङ अघि पनि भारतीय क्लब हेरिसकेका थिए । यससँगै विदेशी प्रशिक्षक भित्र्याउनेमा धनगढी पहिलो टोली बनेको छ ।

धनगढीले यस अघिनै मार्की खेलाडीका रुपमा मच्छिन्द्रका बिशाल राईलाई किनिसकेको छ ।

Click to comment

Trending