Headline

च्याम्पियन्स लिगः रियल र सिटीको सहज क्वार्टर–फाइनल यात्रा

Published

on

स्पेनिस क्लब रियल म्याड्रिड एट्लान्टालाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा एटलान्टालाई ३-१ ले तथा समाग्रमा ४-१ गोल अन्तरले पराजित गर्दै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रियलको घर अल्फ्रेडो स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा, सेर्जियो रोमस र मार्को एसेन्सियोले एक-एक गोल गरेका थिए एटलान्टाको लागि लुइस मुरिएलले एक गोल गरे ।

खेलको ३४ औँ मिनेटमा लुका मोड्रिकको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अग्रता दिलाए । पहिलो हाफमा एक गरेको म्याड्रिडले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

६० औँ मिनेटमा सेर्जियो रोमसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । विपक्षी खेलाडीले भिनिसियस जुनियरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पाएको पेनाल्टीमा रामोस चुकेनन । ८३ औँ मिनेटमा लुइस मिरले गोल गर्दै एटलान्टालका अवे गोल गरे तर ८५ औँ मिनेटमा भास्कुवेजको पासमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ तथा समाग्रमा ४-१ गोलको जित दिलाए ।

पछिल्लो दुई सिजनमा रियल म्याड्रिड अन्तिम १६ बाटै बाहिरिएको रियलले यो पटक भने क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

यस्तै अर्को अन्तिम १६ को खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्याल्ड्ब्याकलाई २-० र समग्रमा ४-० ले पराजित गर्दै सिटि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिटिका लागि इकाए गुन्डोवान र केवेन डि ब्रुनले दुवै गोल पहिलो हाफमा गरेका थिए ।

कोरोना भाइरसका कारण लगाइएको भ्रमण प्रतिबन्धका कारण दुवै लेग हँगेरीको बुडापेस्टमा भएको थियो ।

डि ब्रुनले २० यार्डबाट बायाँ खुट्टाले प्रहार गर्दै सुन्दर गोल गरेपछि सिटीले १२ मिनेटमै पहिलो लेगको अग्रतालाई बढाएको थियो । ६ मिनेटपछि फिल फोडेनले बलसँगै लिएको गतिमा सुन्दर पास निकालेपछि गुन्डोगानले दोश्रो गोल गरे ।

पछिल्लो ३२ खेलमा मात्र एकमा पराजित भएको सिटी यो पटक चारवटा उपाधि जित्ने दौडमा कायमै रहेको छ । आफू सहभागी सबै उपाधि जित्ने हो भने सिटीले यो सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कप जित्नेछ ।

Click to comment

Trending