Headline

बङ्गलादेशले गर्‍यो थ्री नेसन खेल्ने टोलीको घोषणा

Published

on

मार्च २३ देखी दशरथ रङ्गशालामा हुने थ्री नेसन कपका लागि बङ्गलादेशले आफ्नो राष्ट्रिय टोलीको घोषणा गरेको छ । ब्रीटिश प्रशिक्षक जेमी डे को नेत्रित्वमा रहेने टोलीको कप्तानी जमल भुँयानले गर्नेछन् ।

बङ्गलादेशी राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु बङ्गलादेशी प्रिमियर फुटबल लिगमा राम्रो प्रदर्शन गरेका कारण टोलीमा पर्न सफल भएको जेमी डे ले विस्पोर्टजलाई बताए ।

“हामीले यहाँको घरेलु लिगबाट राम्रो खेलाडीहरु छानेर थ्री नेसनको लागि यो टोली बनाएका छौँ र मलाई लाग्छ यो टोली बङ्गलादेशी फुटबलको स्टारहरुले भरिएको छ,” डे ले भने ।

बङ्गलादेशी प्रिमियर फुटबल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै बसुन्धारा किङ्सबाट सात, अबहानी लिमिटेडबाट चार, सैफ स्पोर्टइङमा चार, मुक्तिजुदा सङ्साद केसीबाट चार,  शेख रुसेल केसीबाट दुई,  चिटागोङ अबाहानीबाट दुई,  मोहम्मदन स्पोर्टइङ बङ्गलादेशबाट एक,उत्तरभारिदारा क्लबबाट एक र बङ्गलादेश पुलिस एफसीबाट एक खेलाडी रहेका छन् ।

बङ्गलादेशी टोली

गोलरक्षक-अनिसुर रहमान,महम्मद शाहीदुल आलम,अश्रफुल ईस्लाम राना

डिफेन्स– विश्वनाथ घोश,रिमोन हुस्सेन,टुटुल हुसेन बाद्सह,रहमत मिया,रियादुल हसन,एसेन अर्फात,मोहम्मद एमोन, हबिबुर रहमान सोहाग

मिड्फिल्डर-मसुक मिया जोनी,बिप्लो अहमद,सोहेल राना, जमल भुँयान, साद उद्दिन, महम्मद अब्दुल्ला,मणिक हुसेन मोल्ला,रकिब होसेन

फर्वार्ड-महबुर रहमान,मतिन मिया,मेहदी हसन,सुमोन रेजा,मोहम्मद जोवेल

Click to comment

Trending