Headline

द रिटर्न अफ द गड

Published

on

स्विडेनका प्रशिक्षक जान एन्डरसनले मङ्गलवार भेटेरान स्ट्राइकर ज्लाटन इब्राहिमोभिच झण्डै पाँच बर्षपछि राष्ट्रिय टोलीमा फर्कन गइरहेको घोषणा गरे । मार्चको अन्त्यमा हुन गइरहेको २०२२ बिश्वकप छनोटका खेलहरुका लागि ज्लाटन फर्किएका हुन् ।

आफ्नो स्ट्रेट फर्वार्ड एटिच्युड र आफैलाई पुज्ने बानीका कारण चर्चित ३९ बर्षिय ज्लाटनले इन्स्टाग्राममा राष्ट्रिय टोलीको जर्सी सहित ज्लाटनले लेखि हालेः द रिटर्न अफ द गड (भगवानको पुनरागमन) । यो पोस्ट ज्लाटनको बानीको असली चित्रण नै हो ।

स्विडिस क्लब माल्मोबाट करिअर शुरुवात गर्दै डच टोली आयाक्स, इटालीको युभेन्टस, इन्टर मिलान, स्पेनको बार्सिलोना, एसि मिलान, फ्रान्सको पेरिस सेन्ट जर्माइन, प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड, मेजर लिग सकर टोली लस एन्जलस ग्यालेक्सी हुदै अहिले फेरि एसि मिलान फर्किएका ज्लाटनले पछिल्लो पटक स्विडेनका लागि २०१६ मा खेलेका थिए ।

स्विडेनबाट उनले १ सय १६ खेल खेल्दै ६२ अन्तर्राष्ट्रिय गोल गरिसक्दा सन्यास घोषणा गरेका थिए ।

युरोपियन मिडियोले ज्लाटन फर्कने आकलनहरु गरेपनि मङ्गलवार उनको नाम घोषणा गर्नुअघि सम्म स्विडेन फुटबल संघ भने शान्त रहेको थियो । मार्च २५ मा जर्जिया, मार्च २८ मा कोसोभो र मार्च ३१ म इस्टोनियाबिरुद्ध हुने खेलहरुको लागि ज्लाटनलाई अन्तत फर्काइएको छ ।

हाल माँसपेसीको चोटका कारण मैदान बाहिर रहेका ज्लाटन युरोपा लिग अन्तिम १६ अन्तर्गत आफ्नै पुर्व क्लब म्यानेस्टर युनाइटेडबिरुद्ध बिहिबार हुने खेलका लागि फर्कने अपेक्षा गरिएको छ ।

पछिल्लो केही बर्षयता उनले आफै पनि स्विडेनको राष्ट्रिय टोलीमा फर्कने संकेत दिदै आइरहेका थिए । तर गत बर्ष आफूले राष्ट्रिय टिम निकै मिस गरिरहेको बताएपछि यो अध्यायले केही गम्भिर मोड लिएको थियो । त्यसपछि प्रशिक्षक एन्डरसन र ज्लाटनबीच धेरै पटक छलफल हुदै आइरहेको थियो ।

ज्लाटनको अनुपस्थितिमा स्विडेन २०१८ मा रुसमा भएको बिश्वकपको क्वार्टर–फाइनल पुगेको थियो भने २०२० को युरोका लागि पनि सोझै छनोट भएको थियो । कोरोना भाइरस महामारीका कारण युरो २०२१ जुन जुलाई मा हुने गरि स्थगित भएको थियो ।

Click to comment

Trending