Headline

एकेडेमी संचालन गर्न स्कटल्याण्डका प्रशिक्षक

Published

on

काठमाडौं किकर्स प्रालिले स्कटल्याण्डका प्रशिक्षक लि मेनसनलाई अनुबन्धित गर्दै बुढानिलकण्ठ नगरपालिकामा रहेको कपअन स्पोर्ट्स सेन्टरमा काठमाडौंमा फुटबल एकेडेमी संचालन गर्ने भएको छ ।

प्रशिक्षक लि ले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव रहेको छ ।

ग्रासरुट देखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि एकेडेमी संचालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ । किकर्सले काठमाडौं फुटबल क्लिनिक शुक्रबारबाट सुरु हुने पनि जनाएको छ ।

सुरुवातमा शुक्रबार, शनिबार र आइतबार दैनिक फुटबल क्लिनिक आयोजना हुनेछ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीले प्रशिक्षण लिन पाउने छन् ।

Click to comment

Trending