Headline

भारत र इंग्ल्यान्ड बीचको तेश्रो ट्वान्टी ट्वान्टी आज 

Published

on

घरेलु टोली भारत र इंग्ल्यान्ड बीचको पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखला अन्तर्गतको तेश्रो खेल आज हुँदैछ । नरेन्द्र मोदी क्रिकेट रंगशाला, अहमदाबादमा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

पाँच खेलको शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो खेलमा भारत माथि आठ विकेटको सहज जित दर्ता गरे पछि दोश्रो खेलमा कप्तान बिराट कोहली र ओपनर इशान किशानले अर्धशतक प्रहार गर्दा इंग्ल्यान्ड सात विकेटले पराजित हुन पुगेको थियो ।

पहिलो खेलमा डक आउट भएका कप्तान कोहलीले भारतको जितमा अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । त्यस्तै भारतको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका किशानले आक्रमक पारी खेल्दै ३२ बलमा ५६ रनको पारी खेलेका थिए ।

शृंखला १-१ को अवस्थामा रहेका कारण दुबै टोली आजको खेलमा जित निकाल्दै शृंखलामा अग्रता लिन चाहन्छन् ।

भारतको लागि दोश्रो खेलमा किशन बाहेक ओपनरहरु चल्न नसक्दा सुरुवात राम्रो गर्न सकेको छैन । पहिलो खेलमा एक रनमा आउट भएका केएल राहुलले दोश्रो खेलमा रनको खाता सम्म पनि खोल्न भ्याएनन् । त्यस्तै पहिलो खेलमा मात्र सुरुवात ११ मा स्थान बनाएका शिखर धवनले पनि चार रन भन्दा जोड्न सकेनन् ।

 

Click to comment

Trending