Headline

थ्रि नेशन्स कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल किर्गिस्तान विरुद्ध 

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी हप्ताबाट सुरु हुने थ्रि नेशन्स कपको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाको आयोजनामा दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ ।

२३ तारिकबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् भने नेपालले आफ्नो पहिलो लिग खेलमा मार्च २५ तारिकमा किर्गिस्तानसँग भिड्ने छ ।

समुह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मा बंगलादेशको सामना गर्नेछ ।

समुह चरणमा शिर्ष दुई स्थान हात पार्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

थ्रि नेशन्स कपको खेल तालिका 
मार्च २३ – बंगलादेश विरुद्ध किर्गिस्तान
मार्च २५ – नेपाल विरुद्ध किर्गिस्तान
मार्च २७ – नेपाल विरुद्ध बंगलादेश

मार्च २९ – फाइनल

Click to comment

Trending