Headline

बार्साका लागि किर्तिमानी खेलमा मेस्सीको दुई गोल

Published

on

बार्सिलोनाका लागि सबैभन्दा बढी खेल खेलेका जाभी हर्नान्डेजको किर्तिमानको बराबरी गरकै दिन लियोनल मेस्सीले दुई गोल गर्दै आफ्नो टोलीलाई सहज जित दिलाउन प्रेरणादायी भुमिका खेलेका छन् ।

स्पेनिस ला लिगामा सोमबार भएको खेलमा बार्साले हुवेस्काबिरुद्ध ४–१ को जित निकाल्दा मेस्सीले क्याटल महारथीका लागि करिअरको ७ सय ६७ औं खेल खेलेका थिए । मेस्सीले १३ औं मिनेटमै घुमाउरो शटमा उत्कृष्ट पहिलो गोल गरेका थिए भने ९० औं मिनेटमा बार्साको फराकिलो जित सुनिश्चित पारेका थिए ।

एन्टोइन ग्रिजमन र ओस्कार मिगुएजाले बाकी एक–एक गोल गरेका थिए । यो सिजनको समाप्तिसम्म बाकी रहेका सबै ११ खेल खेल्ने हो भने उनले बार्साका लागि कुल ७ सय ७८ खेल खेल्नेछन् ।

अर्को सिजन बार्सा छोड्ने धुनमा रहेका मेस्सीको बार्साका लागि सबैभन्दा बढी खेल खेल्ने किर्तिमान तोड्न एकै क्लबमा टिक्ने उनीभन्दा महान खेलाडी नै जन्मनु पर्ने देखिन्छ । “उनी बार्सा इतिहासकै सबैभन्दा महत्वपूर्ण ब्यक्ति हुन् । राम्रो कुरा के हो भने उनी अझै पनि हामीसँगै छन्,” बार्सा प्रशिक्षक रोनाल्ड कोमनले भने ।

सोमबारको जितपछि समान २७ खेल खेलेको बार्सिलोना शिर्ष स्थानको एट्लेटिको म्याड्रिडभन्दा मात्र चार अंकले पछाडी रहेको छ । एट्लेटिकोको ६३ अंक छ भने तेश्रो स्थानमा रहेको रियल म्याड्रिडको ५७ अंक छ ।

पछिल्लो १२ खेलमा बार्साले ११ जित र एक बराबरी गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । एट्लेटिकोसँग उसले होम खेलमा मे मा खेल्न अझै बाकी रहेको छ ।

Click to comment

Trending