Headline

आई-लिगमा किरणको टोली पराजित

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ सम्मिलित राउण्डग्लास पन्जाबले इन्डियन सुपर लिग (आईएसएल) मा हारको सामना गरेको छ ।

टिदिम रोड एथलेटिक युनियन फुटबल क्लब विरुद्धको खेलमा पन्जाब १-० गोल अन्तरले पराजित हुन पुगेको हो । टिदिमको जितमा कोम्रोन तुरसुनोभले एक मात्र गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको ३० औं मिनेटमा पन्जाबका मोहम्मद इर्शादले रातो कार्ड खाए भने त्यसको एक मिनेट पछि नै कोम्रोनले निर्णायक गोल गरेका हुन् ।

आजको खेलमा पराजित हुँदा पन्जाब अंक तालिकाको पाँचौं स्थानमा नै रहेको छ भने टिदिम अंक तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । १३ खेल खेलेको पन्जाबले पाँच खेलमा जित दर्ता गर्दा समान ४-४ खेलमा हारको सामना गर्नुको साथै बराबरी पनि खेलेको छ ।

यस सिजन किरणले पन्जाबका लागि छ खेलमा क्लिनशीट राख्न सफल भएका छन् ।

 

Click to comment

Trending