Headline

ललितपुर सिटीको मार्की खेलाडीमा अन्जन बिष्ट

Published

on

नेपाल सुपर लिगको क्लब ललितपुर सिटी एफसीले मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका फर्वार्ड/विङ्गर अन्जन बिष्टलाई क्लबमा भित्र्याएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीका खेलाडी रहेको अन्जनलाई ५ लाख पचास हजारमा ललितपुर सिटी एफसीले किनेको हो । सोमबार भटभटेनी सुपरमार्केटका कार्यकारी निर्देशक, कल्याण गुरुङले र अन्जनले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

२२ वर्षिय बिष्ट नेपाली घरेलु फुटबलमा ठुलो नाम हुन् । नेपाल एपीएफ क्लब र मनाङका लागि खेलिसकेका अन्जन अन्य क्लबहरुको पनि रोजाईमा थिए ।

नेपाल सुपर लिग अप्रिल २४ देखी दशरथ रङ्गशालामा हुँदै छ । सोमबार मात्रै अर्को क्लब धनगढी फुटबल क्लबले मार्की खेलाडीका रुपमा बिशाल राईलाई क्लबमा भित्र्याएको थियो ।

Click to comment

Trending