Headline

नेपाल सुपर लिग: धनगढी एफसीको मार्की खेलाडीमा विशाल राई

Published

on

नेपाल सुपर लिग अन्तर्गतको सुदुरपश्चिमेली क्लब धनगढी फुटबल क्लबले सोमबार आफ्नो मार्की खेलाडी सार्वजनिक गरेको छ ।

पहिलो सिजनमा धनगढीको मार्की खेलाडी रहने छन्  विशाल राई । पुर्व मनाङ मर्स्याङ्दी क्लब र सहिद स्मारक ‘ए’ डिभिजन डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबका क्लबका मिड्फिल्डर रहेका बिशाललाई यो सिजन धनगढीका लागि खेल्ने छन् ।

विशाल डिफेन्सिभ र अट्याकिङ दुवै पोजिसनमा खेल्न सक्ने खेलाडी हुन् । मच्छिन्द्रले २०७६ को लिग जित्दा उत्कृष्ट मिड्फिल्डर घोषित भएका २७ वर्षिय विशालको ट्रान्सर्फर फी भने धनगढीले खुलाएको छैन ।

“फ्रेन्चाइज लिगको बारेमा केही वर्ष अघि सुने पनि अहिले आएर सफल भएको देख्दा खुसी लागेको छ,” विशालले भने ।

“विशाल जस्तो खेलाडी हामीले पाएकोमा हामी निकै खुसी छौँ र आउने वर्षमा पनि विशाललाई हाम्रो टोलीमा राख्ने प्रयाश गर्ने छौँ,” क्लबका र गो ड्रीमर्सका  अध्यक्ष सुवाश शाहीले भने ।

Click to comment

Trending