Headline

नर्थ लण्डन डर्बीमा आर्सनलको पुनरागमन जित

Published

on

शुरुवाती अग्रतालाई जोगाउन नसक्दा टोटनह्याम हट्सपर नर्थ लण्डन डर्बीमा आर्सनलसँग २-१ ले पराजित भएको छ । आर्सनलका लागि रियलबाट लोनमा आएका मार्टिन ओडेगार्ड र फर्वार्ड एलेक्सान्द्रे लकाजेटले गोल गरेका थिए । टोटनह्यामका लागि उत्कृष्ट राबोना गोल गरेका एरिक लमेलाको गोल भने सान्त्वना बन्न पुगेको थियो ।

आइतबार राति भएको खेलमा टोटेनहमले खेलको ३३ औंँ मिनेटमा इरिक लमेलाको राबोना गोलबाट अग्रता लिएको थियो । उनले लुकास मोउराको पासको सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।

४४ औंँ मिनेटमा मार्टिन ओडेगार्डले किरिएनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । पहिलो हाफमा धेरै मौका बनाउन नसकेको आर्सनलले खेल बराबरी गर्दा भने केही रहत मिलेको थियो ।

दोस्रो हाफमा भने आर्सनल टोटनह्याम भन्दा निकै सम्हलिएको खेल खेल्यो । ६४ औंँ मिनेटमा आर्सनलले पेनाल्टी पायो । डेभिनसन सान्चेजले लाकाजेटले सट प्रहर गर्नु अघि नै खुट्टामा हाने पछि आर्सनलले पेनाल्टी पाएको थियो । लाकाजेट आँफैले पेनाल्टी प्रहर गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

जितपछि आर्सनल ४१ अंक जोडेर १० औँ स्थानमा रहेको छ । टोटनह्याम भने २८ खेलबाट २८ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

Click to comment

Trending