Headline

युभेन्टसको जितमा रोनाल्डोको ह्याट्रीक

Published

on

क्रिष्चियनो रोनाल्डोले पहिलो हाफको ३३ औँ मिनेटमै आफ्नो कारीअरको ५७ औँ ह्याट्रीक प्रहर गरे पछि युभेन्टसले क्याल्गिरी माथि ३-१ को जित निकालेको छ । क्याल्गिरीका लागि भने जियोभानी सिमिओनले एक गोल फर्काएका थिए ।

रोनाल्डोले पहिलो गोल खेलको १० औँ मिनेटमा गरे । युवान कार्ड्राडोको क्रसमा हेडिङ गर्दै रोनाल्डोले युभेन्टसलाई १-० को अग्रता दिएका थिए । यस्तै दोस्रो गोल उनले २४ औँ मिनेटमा पेनाल्टी मार्फत गरे । क्यल्गिरीका गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले दोस्रो गोल गरे ।

यस्तै तेस्रो गोल भने उनले ३३ औँ मिनेटमा गरे फेडेरिको किएजाको क्रसमा बायाँ खुट्टाले गोल गर्दै रोनाल्डोले पहिलो हाफमा युभेन्टसलाई ३–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा निकै दवाब खेपेको क्याल्गिरीले दोस्रो हाफमा भने केही साम्हालिएको खेल देखायो । दोस्रो हाफमा एक गोल पनि नखाएको क्याल्गिरीले एक गोल भने गर्न सफल रह्यो । क्याल्गिरीका लागि ६१ औंँ मिनेटमा जियोभानी सिमिओनले एक गोल गरेका थिए ।

जरी लिगमा रोनाल्डोको यो दोस्रो ह्याट्रीक हो । जितसँगै युभेन्टस ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

यस्तै हिजो भएको अर्को खेलमा रोमेलु लुकाकु र लोउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले इटालियन सिरी आ मा टोरिनोलाई २–१ ले पराजित गर्दै शिर्ष स्थानमा ९ अंकको अग्रता लिएको छ । मिलान नापोलीसँग पराजित भए पछि इन्टरले अग्रता लिएको हो ।

Click to comment

Trending