Headline

डेब्यु खेलमा नै इशान किशानले अर्धशतक प्रहार गर्दा भारतको सहज जित

Published

on

ओपनर इशान किशान र कप्तान बिराट कोहलीले अर्धशतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले भारत विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा सात विकेटको सहज जित दर्ता गराएको छ । आजको खेलमा जित हात पार्दा भारतले पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखला १-१ को बराबरीमा पुर्याउन पनि सफल भएको छ ।

खेलमा टस हरेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६४ रनको मध्यम योगफल बनाउन सक्यो भने भारतले १७ दशमलब पाँच ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

पहिलो ओभरमा नै ओपनर केएल राहुल रनको खाता पनि नखोली आउट भए पनि किशान र कोहलीले नौं ओभरमा ९४ रन जोड्दै जितको आधार खडा गरे । आजको खेलमा भारतको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गरेका किशानले ५६ रनको पारी खेले । आदिल रशिदको बलमा एलबीडब्लुको धरापमा परेका उनले ३२ बलको सामना गर्दै पाँच चौका र चार छक्का प्रहार गरे ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा डक आउट भएका कप्तान बिराट कोहलीले भारतको तर्फबाट सर्वाधिक ७३ रन बनाए । अविजित रहेका कोहलीले ४९ बलको सामना गर्दै पाँच चौका र तीन छक्का पनि प्रहार गरे । त्यस बाहेक विकेट किपर रिशब पन्तले पनि आक्रमक पारी खेल्दै १३ बलमा समान २-२ चौका र छक्काको मद्धतमा २६ रन बनाए भने श्रेयस ऐयरले अविजित आठ रनको पारी खेले ।

पहिलो ओभरको तेश्रो बलमा नै ओपनर जस बटलर गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरेको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा अर्का ओपनर जेसन रोय र डाविड मालानले दोश्रो विकेटका लागि ६३ रन जोडे । ३५ बलमा रोय ४६ तथा २३ बलमा २४ रन जोड्दै मालान पनि आउट भए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका जोनी बैरस्टो २० तथा कप्तान ओईन मोर्गन पनि २८ रन बनाएर पेभेलियन फर्किए । बेन स्टोक्सले पनि २४ रन भन्दा जोड्न सकेनन् भने साम कुर्रान छ रनमा अविजित रहे ।

भारतका वाशिंगटन सुन्दर र शार्दुल ठाकुरले समान २-२ विकेट हात पारे ।

Click to comment

Trending