अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको सामान्य ब्याटिङ, भारतलाई मध्यम लक्ष्य

Published

on

इंग्ल्यान्डले घरेलु टोली टोली भारत विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा सामान्य ब्याटिङ गरेको छ ।

खेलमा टस हरेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६४ रनको मध्यम योगफल बनाउन सक्यो ।

पहिलो ओभरको तेश्रो बलमा नै ओपनर जस बटलर गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरेको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा अर्का ओपनर जेसन रोय र डाविड मालानले दोश्रो विकेटका लागि ६३ रन जोडे । ३५ बलमा रोय ४६ तथा २३ बलमा २४ रन जोड्दै मालान पनि आउट भए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका जोनी बैरस्टो २० तथा कप्तान ओईन मोर्गन पनि २८ रन बनाएर पेभेलियन फर्किए । बेन स्टोक्सले पनि २४ रन भन्दा जोड्न सकेनन् भने साम कुर्रान छ रनमा अविजित रहे ।

भारतका वाशिंगटन सुन्दर र शार्दुल ठाकुरले समान २-२ विकेट हात पारे ।

भारतले आजको खेलमा इशान किशान र सुर्यकुमार यादवलाई खेलाएको छ । दुबैले भारतको लागि ट्वान्टी ट्वान्टीमा डेब्यु गर्दैछन् ।

पाँच खेलको ट्वान्टी ट्वान्टी शृंखलामा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । पहिलो खेलमा भारत आठ विकेटले पराजित भएको थियो ।

Click to comment

Trending