Headline

नेपालको विश्वकप छनोटका बाँकी खेल कुवेतबाट पनि सर्यो

Published

on

कोरोना भाईरसका कारण न्युट्रल भेन्युको रुपमा कुवेतमा हुने भनिएको विश्वकप छनोट २०२२ र एसिया कप २०२३ अन्तर्गत नेपालको समुहमा रहेका खेलहरु त्यहा पनि नहुने भएको छ ।

जोर्डनसँगै अन्य देशहरुले मौसमको कारण देखाउदै उपस्थित नहुने स्पष्ट पारे पछि कुवेतमा पनि नहुने एन्फा स्रोतले जनाएको छ । मार्च महिनाको अन्तराष्ट्रिय बिश्राममा नेपालले समुह बि को बाँकी रहेको खेल खेल्ने तालिका रहे पनि पछि एएफसीले कोरोना भाईरसको कारण देखाउदै खेल कुवेतमा जुनसम्म गर्ने निर्णय गरेको थियो ।

कुवेतमा गर्न सकिने अन्तराष्ट्रिय बिश्रामको महिनामा राती खेल गराइने हो भने पनि कम्तीमा पनि ३५ डिग्री सेल्सियसमा खेल्नु पर्ने देखिन्छ । खेलको नयाँ मिती र आयोजना स्थलका लागि एएफसीको नयाँ निर्णय कुर्नु पर्ने भएको छ ।

छनोट चरणमा नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । नेपालले पाँच खेल खेलिसक्दा चाइनिज ताइपेई माथि जित हात पार्दै तीन अंक बनाएको छ ।

नेपाली राष्ट्रिय टोलीले मार्च २२ देखी घरेलु मैदानमै बङ्गलादेश र किर्गीस्तानको ओलम्पिक टिम संलग्न रहेको थ्री नेसन कपबाट लामो समय पछि दशरथ रङ्गशालामा पुनरागमन गर्दै छ ।

Click to comment

Trending