Headline

कस्ता छन् नेपाल सुपर लिगका टोली र उनीहरुको मालिक के भन्छन् ?

Published

on

नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिगले प्रतियोगिताको ७ टोलीहरु सार्वजनिक गरेको छ । प्रतियोगितामा सात कम्पनीका सात टोली रहेका छन् । खेलाडीहरुको अक्सन भने चैत्र ६ गते हुने आयोजकहरुले आजै जानकारी दिएका छन् । अप्रिल २४ बाट शुरु हुने नेपाल सुपर लिगका सात टोली कस्ता छन् र उनीहरुको मालिकहरु के भन्छन् तः

बिराटनगर सिटि फुटबल क्लब

बिराटनगर सिटि फुटबल क्लबले लिगमा प्रदेश नम्बर १ को प्रतिनीधित्व गर्नेछ । बिराटनगरका मालिक अनुप रन्जन भट्टराई रहेका छन् ।

तराईमा फुटबल कल्चरलाई अझै परिस्कृत गर्नु हाम्रो लागि सबै भन्दा ठूलो कुरा हो । प्रतियोगिता हाम्रो लागि सफल हुने छ त्यही आशा गरौं – नेपाल टेलिकमकका पुर्व सिइओ अनुपरञ्जन भट्टराई

 

काठमाण्डौँ रेजर्स

बागमति प्रदेशबाट पहिलो टोलीको रुपमा काठमान्डौँ रेन्जर्स रहेको छ । यो टोलीका मालिक रहेका छन् मोरङ्ग अटो वर्क्सका अध्यक्ष चिरन्जिवी शाह ।

यो प्रतियोगिता नेपालका लागि निकै नौलो रहेको छ र प्रतियोगितामा हाम्रो उपस्थिती हुनु निकै गर्वको कुरा हो – शाह

ललितपुर सिटि एफसी

बागमती प्रदेशबाट अर्को टोली रहेको छ ललितपुर सिटि एफसी । यस टोलीका मालिक रहेकी छिन् भाटभटेनी सुपरमार्केटकी मालिक कामना गुरुङ ।

हामी यो प्रतियोगिताका लागि निकै उत्सुक छौँ र अझै फुटबलमा हामी लगानी गर्न पाएकोमा खुसी रहेका छौँ – गुरुङ

चितवन सिटी एफसी

बागमती प्रदेशबाट अर्को क्लब रहेको छ चितवन सिटि एफसी । आइएमी ग्रुपले किनेको यो टोलीका मालिक रहेका छन् चन्द्र ढाकाल र हेमराज ढकाल ।

चितवनलाई हामीले रोज्नु भनेको सारा नेपाललाई प्रतिनिधित्व गर्नु हो र अझै फुटबल बिकास भएक्ल हेर्ने चाहाना छ –चितवन प्रतिनीधि सचिन ढकाल

पोखरा थन्डर्स

गण्डकी प्रदेशबाट अर्को टोली रहेको छ पोखरा थन्डर्स । लक्ष्मी ग्रुपको यो टोलीका मलिक रहेका छन् दिवाकार श्रेष्ठ ।

“पोखरामा फुटबल त्यसै पनि लोकप्रीय छ । हमीले सधैं फुटबलमा लगानी पनि गरेका छौ । अझै यो सुपर लिगले पोखरामा फुटबल क्रेज बढ्ने आशा गरेको छु – श्रेष्ठ

बुटवल लुम्बिनी एफसी

लुम्बिनी प्रदेशबाट रहेको टोली हो बुटवल लुम्बिनी एफसी । चिलिमे हाइड्रोपावरका मालिक राजकुमार तिमल्सिना ।

हामी एक जना मात्रै यो फुटबल क्लबलाई चलाउने छैनौँ । हामी लुम्बिनीमा देखिएको फुटबल मायालाई अझै प्रगाढ बनाउने योजना छ – तिमल्सिना

धनगढी फुटबल क्लब

सुदुरपश्चिम प्रदेशको एक मात्र टोली रहेको छ धनगढी फुटबल क्लब । यस क्लबका मालिक रहेका छन् एसपिए कलेजका मालिक सुभाष बहादुर शाही ।

“हाम्रो चाहाना भनेकै धनगढीले यो ठूलो लिगमा प्रतिनीधित्व गरोस भन्ने थियो र यो पूरा भएको छ यसलाई अझै सफल बनाउन भने बाँकी छ –शाही

 

Click to comment

Trending