Headline

कोरोना भाईरस पछिको पहिलो टेबल टेनिस प्रतियोगिता सोमबारबाट

Published

on

कोरोना भाईरस पछि पहिलो पटक नेपालमा सोमबार देखी देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । चैत्र २ गते देखी सुरु हुने प्रतियोगिता छ दिन चल्नेछ ।

यस प्रतियोगितामा नेपाल अधिराज्य भरको वडाहरुबाट पुरुषमा २६ टिम सहित ४३३ खेलाडीहरु तथा महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् । साथै प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा हुनेछन् ।

प्रतियोगितामा मेन्स र वुमेन्स सिंगल्स स्पधर्मा प्रथमलाई ३० हजार द्वितीयलाई १५ हजार र तृतीयलाई ७ हजार ५०० प्रधान गरिने छ ।  प्रतियोगितामा ५० वडाका खेलाडीहरु प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

Click to comment

Trending