Headline

ओलम्पिकका लागि गौरिकाको नेपालमा तयारी (फोटो फिचर र भिडियो अन्तर्वार्ता )

Published

on

दक्षिण एसियाली खेलकुदमा नेपालकी सबैभन्दा सफल खेलाडी स्विमर  गौरिका सिंह आगामी बर्ष जापानमा हुने टोकियो ओलम्पिक्सका लागि अहिले लगातार रुपमा अभ्यास गर्दैछिन् ।


बेलायतमा बस्ने गौरिका कोरोनाका कारण लन्डनमा स्विमिङ बन्द भए पछि नेपाल आएर निरन्तर अभ्यासमा व्यस्त छिन् । करिब दुई महिना अघि नेपाल आइपुगेकी उनी अर्को एक महिना नेपालमा नै बसेर अभ्यास गर्नेछिन् । अप्रिलको दोश्रो हप्ताबाट लन्डनका स्विमिङ पुल खुल्ला हुने भए पछि उनी त्यस अघि सम्म नेपाल नै बस्ने भएकी हुन् ।

उनी अहिले बिहान दैनिक दुई घण्टा अभ्यास गर्ने गर्दछिन् । बिहान आठ बजे देखि १० बजे सम्म उनी कालो पुल स्थित एक निजी क्लबमा अभ्यास गर्ने गर्दछिन् ।

गौरिका गत बर्ष नेपाल मै भएको दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्दै इतिहासकै सबैभन्दा सफल खेलाडी बन्न सफल भएकी थिईन् ।

Click to comment

Trending