Headline

सेफिल्ड युनाइटेडले गर्‍यो प्रशिक्षक वाइल्डरलाई बर्खास्त

Published

on

प्रिमियर लिग क्लब सेफिल्ड युनाइटेडले आफ्नो प्रशिक्षक क्रिस विल्डरलाई क्लबको प्रशिक्षक पदबाट बर्खास्त गरेको छ ।

सेफिल्डले र वाइल्डरसँग अपसी सझेदारी गर्दै क्लब छोडेको गरेको बताए पनि धेरै बेलायती संचार मध्यामहरुले वाइल्डरलाई बर्खास्त गरेको जनाएका छन् ।

प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको सेफिल्डले यो सिजन राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । २८ खेल खेलिसक्दा १४ अंकमात्रै रहेको सेफिल्ड अहिले प्रिमियर लिगको पुछारमा रहेको छ ।

सेफिल्डले आफ्नो वेब्साइटमा आपसी साझेदारीमा वाइल्डरले क्लब छोडेको जनाएको छ । “शनिबार क्लबसँग बसेको बैठकमा प्रशिक्षक वाइल्डरले आपसी सम्झेदारीमा क्लब छोड्ने भएका छन्,” सेफिल्डले लेखेको छ ।

“ब्रमाल लेनमा सेफिल्डलाई पाँच वर्षमा १०० भन्दा धेरै खेल जिताएका वाइल्डरलाई आगामी दिनमा अझै प्रगतीको शुभकामना ।”

सेफिल्डको खस्किदै गएको प्रदर्शनका कारण वाइल्डरलाई क्लब छोड्ने निकै दवाब रहेको थियो । जनवरीको ट्रासफर विन्डोमा आफुले चाहेको खेलाडी नभित्र्याएको भन्दै क्लबसँग रुष्ट देखिएका वाइल्डरलाई करिब दुई महिना पछि क्लबले बर्खास्त गरेको हुनसक्ने बेलायती संचार मध्यामले जनाएका छन् ।

Click to comment

Trending