Headline

बेन्जेमाले दुई गोल गरेपछि रियलको पुनरागमन जित

Published

on

करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित हात पार्दै पहिलो स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी ६ अंकमा छोट्याएको छ ।

शनिबार नै एट्लेटिको १० खेलाडीमा सिमित गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि रियलसँगै बार्सिलोनालाई पनि फाइदा भएको हो । २७ खेलपछि एट्लेटिकोको ६३ र रियलको ५७ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ ।

एल्चेबिरुद्ध भएको खेलमा रियल ६१ औ मिनेटमा पछि परेको थियो । एल्चेका लागि ड्यानी काल्भोले गोल गरेका थिए । ७३ औं मिनेटमा बेन्जेमाले जिनेदिन जिदानको टोलीलाई खेलमा फर्काएका थिए ।

रियलले घरेलु मैदानमै अंक गुमाउने जस्तो देखिदा ९१ औ मिनेटमा उत्कृष्ट गोल गर्दै जित निश्चित गरेका थिए ।

एट्लेटिकोले भने गेटाफे १० खेलाडीमा सिमित हुँदा पनि फाइदा उठाउन सकेन । एलन लियमले ७० औं मिनेटमा सिधै रातो कार्ड पाएपछि गेटाफे घरेुल मैदानमै अंक गुमाउन पुग्यो ।

अन्य खेलमा आलाभेसले काडिजसँग १–१ र ओसासुनाले रियल भालाडोलिडसँग गोलरहित बराबरी खेलेका थिए ।

Click to comment

Trending