Headline

पुलिसलाई मेयर कपको उपाधि

Published

on

नेपाल पुलिस क्लबले मेयर कपको फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले पराजित गर्दै मेयर कपको उपाधि जितेको छ ।

गुल्शन झाले राष्ट्रिय प्रतियोगिताको आफ्नो दोश्रो खेलमा चार विकेट लिएपछि त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको एपिएफ २९ दशमलव ४ ओभरमै समेटियो । गुल्शन बाहेक स्पिनर सागर ढकालले पनि पुलिसका लागि ४ विकेट लिएका थिए ।

झिनो लक्ष्य पछ्याउने क्रममा पुलिसले २४ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । पुलिसको जितमा ओपन सुनिल धमलाले अद्र्धशतक प्रहार गरे ।

सुनिलले पहिलो विकेटका लागि कुशल भुेर्तल (१५) सँग ३३ रन र अनिल साह (१५) सँग ३५ रन जोडेका थिए । सुनिलले ८२ बलमा ५९ रन बनाए । सात चौका प्रहार गरेका उनले आफ्नो इनिङ्गसको दुवै छक्का अविनाशबोहोरालाई डिप स्क्वायर लेगमा प्रहार गरेका थिए ।

बिजयी छक्का प्रहार गरेका दिपेन्द्र सिँह ऐरिले १० बलमा ११ रन बनाए । अविनाश र भुवन कार्कीले १–१ विकेट लिएका थिए ।

यसअघि गुल्शनले आफ्नो पहिलो दुई ओभरमै शंकर राना र शरद भेषावकरलाई पेभिलियन फर्काएका थिए । शरदको विकेट भने बिवादास्पद रह्यो । गुल्शनको शर्ट बल शरदको ह्याण्डललाई छोट्दै उनको कुममा लागेको जस्तो देखिएको थियो ।

पेभिलियन फर्कदा शरद अम्पायर निर्णयमा असन्तुष्ट देखिएका थिए । फर्ममा रहेका ओपनर आसिफ शेखलाई पनि सागरले शुन्यमै पेभिलियन फर्काएका थिए ।

१० रनमै तीन विकेट गुमाएको एपिएफलाई भुवन कार्की (१४) र सन्दिप जोराले केही समय सम्हाल्दै ३२ रनको साझेदारी गरेका थिए । गुल्सनको शर्ट बलमै भुवनको क्याच विकेटकिपर दिलिप नाथले लिएका थिए ।

जोरालाई ललित नारायण राजबंशीले पेभिलियन फर्काए भने सुमित महर्जनलाई पवन शर्राफले आउट गरेपछि एपिएफले ६१ रनमा ६ विकेट गुमाए । बसन्त रेग्मी र अमर सिँह रौटेलाले ३० रनको साझेदारी गर्दै एपिएफलाई १ सय नजिक पुर्याएका थिए ।

अमरलाई सागरले बोल्ड गरेसँगै एपिएफले १४ रनमा बाकी चार विकेट गुमायो । बसन्तले ४१ बलमा तीन चौका प्रहार गर्दै सर्वाधिक २२ रन बनाए भने जोरा र अमरले समान १८ रन बनाए ।

Click to comment

Trending