Headline

गुल्शन, सागरको चार विकेटपछि एपिएफ मेयर कपमा १ सय ५ मै अलआउट

Published

on

गुल्शन झाले राष्ट्रिय प्रतियोगिताको आफ्नो दोश्रो खेलमा चार विकेट लिएपछि नेपाल एपिएफ क्लबलाई नेपाल पुलिस क्लबले मेयर कपको फाइनलमा १ सय ५ रनमै समेटेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिति पहिलो ब्याटिङ्ग गरेको एपिएफ २९ दशमलव ४ ओभरमै समेटिएको थियो । गुल्शन बाहेक सागर ढकालले पनि पुलिसका लागि ४ विकेट लिएका थिए ।

गुल्शनले आफ्नो पहिलो दुई ओभरमै शंकर राना र शरद भेषावकरलाई पेभिलियन फर्काएका थिए । शरदको विकेट भने बिवादास्पद रह्यो । गुल्शनको शर्ट बल शरदको ह्याण्डललाई छोट्दै उनको कुममा लागेको जस्तो देखिएको थियो ।

पेभिलियन फर्कदा शरद अम्पायर निर्णयमा असन्तुष्ट देखिएका थिए । फर्ममा रहेका ओपनर आसिफ शेखलाई पनि सागरले शुन्यमै पेभिलियन फर्काएका थिए ।

१० रनमै तीन विकेट गुमाएको एपिएफलाई भुवन कार्की (१४) र सन्दिप जोराले केही समय सम्हाल्दै ३२ रनको साझेदारी गरेका थिए । गुल्सनको शर्ट बलमै भुवनको क्याच विकेटकिपर दिलिप नाथले लिएका थिए ।

जोरालाई ललित नारायण राजबंशीले पेभिलियन फर्काए भने सुमित महर्जनलाई पवन शर्राफले आउट गरेपछि एपिएफले ६१ रनमा ६ विकेट गुमायो । बसन्त रेग्मी र अमर सिँह रौटेलाले ३० रनको साझेदारी गर्दै एपिएफलाई १ सय नजिक पुर्याएका थिए ।

अमरलाई सागरले बोल्ड गरेसँगै एपिएफले १४ रनमा बाकी चार विकेट गुमायो । बसन्तले ४१ बलमा तीन चौका प्रहार गर्दै सर्वाधिक २२ रन बनाए भने जोरा र अमरले समान १८ रन बनाए ।

Click to comment

Trending