Headline

प्रिमियर लिगमा आज: चेल्सी र लिड्स भिड्दै, सिटी फुलह्यामसँग खेल्दै

Published

on

प्रिमियर लिगमा शनिबार चार खेल हुँदै छन् । पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेड विरुद्ध खेल्दै छ ।

२००४ पछि पहिलो पटक एल्लान रोडमा चेल्सी विरुद्ध खेलदर गरेको लिड्सलाई १० औँ स्थानमा चढ्ने मौका हुने छ । यस अघिको खेलमा चेल्सीसँग ३-१ ले पराजित भएको लिड्सलाई यो खेलमा जित निकल्ने मौका समेत छ तर लगतार ६ प्रिमियर लिग खेलमा अपराजित रहेको चेल्सीलाई हराउन भने लिड्सलाई सहज भने हुने छैन ।

लिड्स र चेल्सीको पुरानो दुष्मनीका कारण पनि यो खेल निकै रोमान्चक हुने आशा गरिएको छ । यो खेल नेपाली समय अनुसार ६:१५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले फुलह्यामको सामना गर्दै छ । १३ अंकको अग्रता रहेको सिटीले फुलह्यामसँग जित हात पारेमा त्यस पछिका पाँच खेल जितेमा लिगको उपाधि उचल्ने छ ।

सिटीका लागि अघिल्लो खेलमा बेन्चमा रहेका जाओ कान्सेलो र सर्जियो अग्वेरोले सुरुवात गर्ने आशा गरिएको छ । यो खेल नेपाली समय अनुसार मध्य रात १:४५ मा हुने छ ।

यस्तै आजै हुने अन्य दुई खेलमा क्रिस्टल प्यालेसले वेष्ट ब्रोम र एवर्टनले बर्नलीको सामना गर्दै छ ।

Click to comment

Trending