Headline

वेष्ट इण्डिजलाई एक खेल बाकी हुदै श्रीलंकाबिरुद्धको श्रृंखला

Published

on

ओपनर एभिन लेवसको शतक र से होपको अर्को आकर्षक पारीपछि वेष्ट इण्डिजले श्रीलंकालाई दोश्रो खेलमा पाँच विकेटले पराजित गर्दै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

नर्थ साउण्डमा पहिलो ब्याटिङ्ग गरेको श्रीलंकालाई आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका पि डि सिल्भाले आक्रमक ब्याटिङ्ग गर्दै ५० ओभरमा २ सय ७३ रनको चुनौतिपूर्ण योगफलसम्म डोर्याएका थिए । लेविस र होपले पहिलो विकेटका लागि १ सय ९२ रनको शान्दार साझेदारी गरेपछि वेष्ट इण्डिजले दुई बल बाकी हुँदा लक्ष्य प्राप्त गर्यो ।

लेविसले १ सय २१ बलमा ८ चौका र चार छक्काको मद्दतमा १ सय ३ रन बनाए भने पहिलो एकदिवसीयमा शतक प्रहार गरेका होपले १ सय ८ बलमा ८४ रन जोडेका थिए ।

श्रीलंका खेलमा फर्कदै पाँच विकेट लिन सफल हुदै घरेलु टोलीलाई अन्तिम १८ बलमा ३१ रन ल्याउनु पर्ने कठिन स्थितिमा पुर्याए पनि नुवन प्रदिपले ४८ औं ओभरमा १८ रन खर्चेपछि वेष्ट इण्डिजको जित सुनिश्चित भएको थियो ।

तेश्रो नम्बर ब्याटिङ्ग गर्दै नटआउट रहेका पुरनले ३८ बलमा पाँच चौकाको मद्दतमा ३५ रन बनाए । श्रीलंकाका लागि प्रदिप र थिसारा परेराले २–२ विकेट हात पारे ।

यसअघि ओपनर दनुस्का गुनथिलाका र दिनेश चण्मिालले आकर्षक इनिङ्गस खेले पनि श्रीलंकाले ४२ औं ओभरमा २ सय ४ रन बनाउदा उसको ६ विकेट गइसकेको थियो । डि सिल्भाले ३१ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ४७ रन बनाएपछि श्रीलंकाले चुनौतिपूर्ण योगफल बनायो ।

गुनथिलका र चण्डिमालले चौथो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । गुनथिलकाले ९६ बलमा ९६ रन बनाए । उनले १० चौका र तीन छक्का प्रहार गरे । चण्डिमालले ९८ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ७१ रन बनाए ।

दुवै ब्याट्स्म्यानलाई जेसन मोहम्मदले पेभिलियन फर्काएका थिए । उनले समग्रमा तीन विकेट लिए भने जेसन होल्डरले २ विकेट हात पारे ।

Click to comment

Trending