Headline

डि मारिया अर्को एक बर्ष पिएसजीमै बस्ने

Published

on

अर्जेन्टिनी स्टार एन्जल डि मारिया अर्को एक बर्ष पेरिस सेन्ट जर्माइन मै रहने भएका छन् । डि मारिया जुन, २०२२ सम्म फ्रेञ्च लिग च्याम्पियन टोलीमा रहने छन् ।

पिएसजीले जनाए अनुसार ३३ बर्षिय डि मारियालाई अर्को एक बर्षको बिकल्प पनि दिइएको छ । म्यानचेस्टर युनाइटेडबाट २०१५ मा पेरिस आएका डि मारियाले रियल म्याड्रिडबाट पनि खेलेका थिए ।

अर्जेन्टिनी क्लब रोजारियो सेन्ट्रलबाट व्यवसायिक करिअर शुरु गरेका डि मारियाले युरोपको तीन ठूला क्लबहरुबाट खेल्नु अघि पोर्चुगिज टोली बेनफिकामा पनि एक सिजन बिताएका थिए ।

पिएसजी फुटबलका दुई सुपरस्टार किलियन एमबाप्पे र नेमारको सम्झौता बढाउनतर्फ बढी केन्द्रित रहेको छ । दुवैको सम्झौता अर्को सिजनको अन्त्यमा समाप्त हुनेछ ।

हाल फ्रेञ्च लिग वानको दोश्रो स्थानमा रहेको पिएसजीले यसै साता बार्सिलानोलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा प्रवेश गरेको थियो ।

Click to comment

Trending