Headline

कोहली फेरी डक-आउट, भारतको खराब ब्याटिङ

Published

on

श्रेयस ऐयरको अर्धशतकको बाबजुद घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा खराब ब्याटिङ गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२४ रन मात्र बनाउन सक्यो ।

भारतको तर्फबाट श्रेयस ऐयरले सर्वाधिक ६७ रन बनाए भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । ४८ बलको सामना गरेका उनले आठ चौका र एक छक्का प्रहार गरे ।

भारतका ओपनरद्वय शिखर धवन चार तथा केएल राहुल एक रनमा आउट भए भने कप्तान बिराट कोहलीले रनको खाता पनि खोल्न भ्याएनन् । पाँच बल खेलेका कोहली आदिल रशिदको शिकार हुन पुगे । इंग्ल्यान्ड विरुद्धको जारी टुरमा कोहलीको यो तेश्रो डक आउट हो । यस अघि उनी दोश्रो तथा तेश्रो टेस्टमा पनि डक आउट हुन पुगेका थिए ।

चौथों नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर रिशब पन्त २१, हार्दिक पाण्ड्या १९ र शार्दुल ठाकुर गोल्डेन डक-आउट भए भने वाशिंगटन सुन्दर तीन तथा अक्सर पटेल सात रनमा अविजित रहे ।

भारतलाई सास्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले एक मेडन ओभर सहित कुल २३ रन खर्चिए ।

Click to comment

Trending