Headline

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटः ग्रेट हिमालय र एन्जल्स हार्ट फाइनलमा

Published

on

नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्रेट हिमालय क्रिकेट एकेडेमी र एन्जल्स हार्ट एकेडेमी भिड्ने भएका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा ग्रेट हिमालयले हाम्रो किचेनलाई ३ विकेटले पराजित गर्यो । पहिलो ब्याटिङ गरेको हाम्रो किचेनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

हाम्रो किचेनका लागि प्रमोद सिंगमले २७ रन बनाए । यस्तै सुभम अग्रवालले १७ रन जोड्दा निखिल गोयलले १५ रन बनाए । ग्रेट हिमालयका विज्ञान राज गौतमले २ विकेट लिए । जवाफमा ग्रेट हिमालयले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । ग्रेट हिमालयको जितमा सुशान्त तिमल्सिनाले ५१ रनको अर्धशतकीय पारी खेले । हाम्रो किचेनका निखिल गोयलले ३ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा एन्जल्स हार्टले बल पार्कलाई १९ रनले हरायो । एन्जल्स हार्टले पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । उसका लागि दिनेश पुनले ३१ रन बनाए । दिपेश अधिकारीले २९ रन जोडे ।  बल पार्कका संगमले ३ विकेट लिए । बल पार्क जवाफमा १ सय ६१ रनमा समेटियो ।

प्रशन्न शाक्यले बल पार्कका लागि सर्वाधिक ४० रन बनाए । एन्जल्स हार्टका शगम त्रिपाठीले ४ विकेट लिए । फाइनल शनिबार हुनेछ ।

Click to comment

Trending