Headline

दशरथ रङ्गशालामा हुने भनिएको नेपालको खेल अब कुवेतमा

Published

on

एसियन फुटबल महासंघले (एएफसी) ले कोभिड १९ का कारण प्रभावित विश्वकप चानोट तथा एसिया कप छनोटका एसियन क्वालिफायर्सका खेलहरु कुवेतमा हुने जनाएको छ । नेपाल सहित समुह बि मा रहेका अष्ट्रेलिया,कुवेत,जोर्डन,चाइनिज ताइपेले पनि बाँकी खेल कुवेतमा खेल्ने छ ।

यस्तै छनोट अन्तर्गत समूह ए को बाँकी खेल चीन, समूह सी को बहरेन, समूह डी को साउदी अरेबिया, समूह ई को कतार, समूह एफ को जापान, समूह जी को युएई र समूह एच दक्षिण कोरियामा हुने पनि एएफसीले आफ्नो वेबसाइटमा बताएको छ ।

नेपालको तथा अन्य धेरै देशको खेलहरु मे महिनाको अतराष्ट्रिय बिश्राममा हुनु पर्ने भए पनि कोरोनाका कारण जुन को बिश्राममा खेल्ने छ ।

छनोट चरणमा नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहदा आफ्नो सबै खेल कुवेतमा खेल्ने छ । नेपालको पाँच खेल खेलिसक्दा चाइनिज ताइपे माथि जित हात पार्दै तीन अंक बनाएको छ ।

 

1 Comment

Trending