Headline

‘रियललाई एम्बाप्पे भन्दा हालांन्ड भित्र्याउन सजिलो’

Published

on

रियल म्याड्रिडका स्टार डिफेन्डर सर्जियो रामोसले पेरिस सेन्ट जार्माइन (पिएसजी) का किलियन एम्बाप्पे भन्दा बोरुसिया डर्ट्मण्डका स्ट्राइकर इर्लिङ हालांन्ड लाई म्याड्रिड भित्र्याउन सजिलो रहेको बताएका छन् । रामोसले हालांन्ड रियलको समर विन्डोमा किन्नै पर्ने खेलाडीको सुचीमा रहेको पनि संकेत गरेका छन् ।

डिसेम्बरमा ३३ वर्ष पुग्दै गरेका स्ट्राइकर करीम बेन्जेमाको स्थानमा रियलले निकै समय अघी देखीनै स्ट्राइकर खोजी रहेको छ । एम्बाप्पे र हालांन्ड दुवै रियलको समर ट्रान्सफर विन्डोको लक्ष्य रहेका छन् ।

रामोसले हालांन्डको प्रंशशा गर्दै उनलाई रियलमा देख्न चाहेको पनि बताए । रियलले पनि बेन्जेमाको स्थानमा हालांन्डलाई भित्र्याउन चाहेको छ ।

रामोसलाई एक टुविच च्यानलको अन्तर्वातामा हांल्यान्ड कि एम्बाप्पे भन्ने प्रश्न सोध्दा उनले भने, “म प्रशिक्षक भएको भए दुवैलाई रियल ल्याउथिए होल तर प्रशिक्षकले खेलाडी किन्ने हैन क्लबले हो,”

“तर अहिलेको स्थिती हेरेर हालांन्डलाई भित्याउन सक्यो भने हामीलाई धेरै सजिलो हुने थियो,” उनले थपे ।

“मलाई हालांन्ड निकै मन पर्ने खेलाडी पनि हुन र मलाई लाग्छ उनी रियलका लागि कहिले पनि खराब खेलाडी हुने छैनन्।” रामोसले भने ।

रियलले यस अघी पनि बेन्जेमालाई प्रतिस्थापन गर्नका लागि जर्मन क्लब इएनचार्ट फ्रांन्कफुटका स्ट्राइकर लुका योभिकलाई भित्राए पनि उनी इन्जुरी र केही समस्याका कारण रियलमा चम्किन सकेका थिएनन् ।

रियलले हालांन्डलाई आँखानै लगाएको हो भने उनी लस ब्लान्कोसका लागि ६४ मिलियन युरो सम्म पर्न सक्छन् ।

Click to comment

Trending