Headline

एक बर्षअघि एन्फिल्डको प्रदर्शनपछि उत्कृष्ट खेलाडीमा परिणत भएका लोरेन्टे

Published

on

लिभरपुलबिरुद्ध एन्फिल्डमा क्लबबाट डेब्यु गरेको एक बर्ष पछि मार्कस लोरेन्टे एट्लेटिको म्याड्रिडको स्पेनिस ला लिगा उपाधि अभियानमा मुख्य शक्ति भएर आएका छन् ।

च्याम्पियन्स लिगको चार सिजनमा गर्न सकेको मात्र दुई गोल उनले लिभरपुलबिरुद्ध एउटै खेलबाट पुरा गरेका थिए । लिभरपुलमाथिको ३–२ को जितमा उनले अल्भारो मोराटालाई पनि असिस्ट गरेपछि एट्लेटिकोले सनसनीपूर्ण नतिजा निकालेको थियो ।

उक्त खेलको १२ महिनापछि लोरेन्टेले ला लिगामा ९ गोल गर्नुका साथै आठ असिस्ट पनि दिएका छन् । १७ गोलमा रहेको उनको योगदानलाई यो सिजन लियोनल मेस्सी, लुईस सुवारेज र करिम बेन्जेमाले मात्र पछाडी पारेका छन् ।

पछिल्लो पटक उनले बुधबार एथ्लेटिक बिल्बाओबिरुद्ध गोल गरेका थिए । बक्समा दु्रत गतिका साथ कुद्दै हेडर मार्फत गोल गरेका उनले बिजयी गोलमा पनि असिस्ट गरे । उनले निकालेको थ्रु बललाई कलेक्ट गर्न जाँदा लुईस सुवारेजलमाथि फउल भएपछि एट्लेटिकोले पेनाल्टी पाएको थियो ।

लिभरपुलबिरुद्ध दिएको म्याच विनिङ्ग प्रदर्शनलाई लोरेन्टेले आफ्नो करिअरको टर्निङ्ग पोइन्टको रुपमा लिएका छन् । त्यो प्रदर्शनको खुशीयाली मनाउन आफ्नो कुकुरको नाम पनि एन्फिल्ड राखेका लोरेन्टेलाई आफ्नो करिअरमा यस्तो नाटकीय परिवर्तन आउने सोचेका पनि थिएनन् होला ।

एन्फिल्डमा लिभरपुलबिरुद्ध गरेको प्रदर्शनपछि लोरेन्टेको प्रदर्शनको ग्राफ

यदि ला लिगा भोली नै सक्किने हो भने लोरेन्टे बार्सिलोनाबाट आउदै १८ गोलसहित एट्लेटिकोलाई शिर्ष स्थानमा ६ अंकको अग्रता दिलाउन प्रमुख भुमिका निभाएका सुवारेज भन्दा अगाडी बर्ष खेलाडीको प्रमुख दाबेदार नै रहनेछन् ।

यदि सुवारेजले एट्लेटिकोलाई फिनिसिङ्ग टच दिएका छन् भने लोरेन्टे क्लबको ड्राइभिङ्ग फोर्स नै भएका छन् । उनको गति, उर्जा, निस्वार्थ खेल र एकै भुमिकामा सिमित नरहने बिशेषता नै क्लबले यो सिजन देखाएको खेललाई सुहाउदो छ ।

“मार्कस एक बर्षदेखि मिहिनेतको प्रतिमुर्ति बन्दै आएका छन् । उनी क्लब आए । न टिममा परे न त बेञ्चमै । तर निरन्तर मिहिनेत गर्दै उनी अहिले यो स्थानसम्म आइपुगेका हुन्,” एट्लेटिको प्रशिक्षक डिएगो सिमिओनेले भने ।

लोरेन्टे बर्षौदेखि संघर्ष गर्दै आइरहेका थिए । १३ बर्षको उमेरमा उनले रियल म्याड्रिडको एकेडेमीमा भर्ना लिए । त्यहा उनी पहिलो टिममा खेल्ने सपना बोकेर हिँडेका थिए । तर त्यहा उनको लागि अवसर र बिश्वासको कमि रह्यो ।

एक बर्ष लोनमा आलाभेसमा बिताएपछि उनी रियल फर्किए । रियलले उनलाई मौका दिनका लागि खासै योजनामा नराख्दा उनको सिजन निकै खराब गयो । एट्लेटिकोले उनलाई लिनै प्रस्ताव राखेपनि रियलले उनलाई ४० मिलियन युरोमा बेच्यो ।

एक डिफेन्सिभ मिडफिल्डर खेलको लागि संघर्ष गर्नु अचम्मको कुरा हुन सक्छ तर दुई बर्षपछि एट्लेटिको युरोपकै उत्कृष्ट मध्येका एक आक्रमक खेलाडी आफूसँग रहेकोमा गर्व गर्न सक्छ । २६ बर्षिय लोरेन्टे अब यसै बर्ष हुने युरो कपका लागि स्पेनको प्रमुख हतियार पनि बन्न सक्छन् ।

“प्रशिक्षकको रुपमा उपाधिहरु जित्दा तपाईलाई उत्साहित बनाउनुका साथै तपाईको करिअरलाई थप उचाई दिएको महसुस हुन सक्छ । तर कोही राम्रो फुटबलरको रुपमा हुर्केको हेर्दा कुनै पनि प्रशिक्षक अझै प्रेरित हुन सक्छन्,” सिमिओनेले भने । उपाधिमा राम्रो पकड रहेको कारण सिमिओनले यो सिजन दुवै अनुभव गर्न सक्ने छन् ।

Click to comment

Trending