Headline

युरोपामा मिलानसँग रोकियो युनाइटेड, आर्सनल बिजयी

Published

on

खेलको अन्तिम ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा गोल खान पुगे पछि म्यानचेस्टर युनाइटेड मिलानसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा युनाइटेडका आमड डियालोले गोल गरे भने मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि । ५०औं मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

तर ९० मिनेट पछि इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा सिमोन किएरले गोल गर्दै मिलानलाई बराबरी गराएका थिए । राडे क्रुनिकले दिएको पासमा किएरले गोल गरेका थिए ।

खेल बराबरी भए पनि मिलानलाई अवे गोलको अग्रता भने रहने छ ।

यस्तै अर्को खेलमा आर्सनल ले ओलम्पियाकोसलाई ३-१ ले हराएको छ । आर्सनलका लागि मार्टिन ओडेगार्ड,गाब्रीयल र मोहम्मद एल नेनिले गोल गरेका थिए । ओलम्पियाकोसका लागि भने एक मात्र गोल युसुफ एल अरबीले गरे ।

Click to comment

Trending