Headline

नयाँबस्तीसँग पराजित भए पछि पुलचोक ‘सी’ डिभिजनमा घटुवा

Published

on

‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युवा क्लबसँग पराजित भए पछि पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ ।

नयाँबस्ती युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।

बी डिभिजनमै रहन पुल्चोकलाई अन्तिम खेल जित्नै पर्ने दवाब रहेको थियो तर, नयाँबस्तीसँग पराजित भए लगतै पुलचोक घटुवा भएको हो ।

नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका लागि भने  श्यारब लो तामाङले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा अशोकले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा शिरबले गोल गर्दै पुल्चोकलाई १-१ को बराबरीमा ल्याए पनि  त्यसपछि खेलको ६३ औं मिनेटमा विवेकले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए ।

जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । नयाँबस्ती नवौं स्थानमा रहेको छ । हारसँगै पुछारमा रहदै लिग सकाएको पुल्चोकले ११ खेलमा ५ अंक छ ।

Click to comment

Trending